‘एक्टर–टेक वान’को प्रदर्शनमा रोक : फिल्मकर्मीले लगाए चलचित्र विकास बोर्डलाई दोष
काठमाडौंँ । शहीद दिवसको अवसर पारेर आजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर–टेक वान’को प्रदर्शन रोकियो । चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्मको प्रदर्शन अदालतले रोकेको हो । जिल्ला अदालत काठमाडौँले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको रिलिज स्थगित गरेको हो ।
फिल्म ‘एक्टर’का निर्माताले दायर गरेको मुद्दाको आधारमा अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । मुद्दामा चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाइएको छ । ३ करोड भन्दा माथिको बजेटमा बनेको फिल्मको एकदिन अगाडि रिलिज रोकिदा निर्माताको लगानीको जोखिम बढेको छ । निर्माण युनिटलगायत फिल्मकर्मी इजाजत दिने संस्था चलचित्र विकास बोर्ड प्रति आक्रोशित बनेका छन् ।
फिल्मका निर्देशक राजन भुसाल ‘एक्टर टेक वान’लाई न्यायको माग गरेका छन् ।
कलाकार तथा निर्देशक निश्चल बस्नेतले एउटै नाम भएको विषय भए विकास बोर्ड जवाफ देही हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने विकास बोर्ड जवाफदेही हुनुपर्छ । चलचित्र निर्माण गर्ने इजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । इजाजत पाइसकेपछि निर्माण कम्पनीले विना कुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछि प्रदर्शन गर्न पाउनुपर्छ ।’
उनले समस्या नै भएको हो भने, इजाजत दिने अध्यक्षलाई स्पष्टीकरण र मुद्दा लाग्नुपर्ने धारणा समेत राखेका छन् ।
कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्मको विवाद कोट पुगेको विषयमा ब्याङ्ग्य समेत गरेका छन् । उनले लेखेका छन्, ‘हरेक दिन फिल्म बनाउन नयाँ नयाँ निर्माता एअरपोर्टमा । फिल्म रिलिज चाही कहाँ गर्ने हलमा हो कि कोर्टमा ?’ । उनले एउटै नाममा पछाडि फुर्का गाँसेर, पुच्छर झुन्डाएर नाम राख्ने परम्परा पनि बन्द हुनुपर्ने बताएका छन् ।
फिल्म निर्देशक समेत रहेका रंगपत्रकार डब्बु क्षेत्रीले हिजो चलचित्र विकास बोर्डले गरेको गल्तीले अहिले फिल्म ‘एक्टर’ र ‘एक्टर टेक वान’ पिल्सिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा अगाडि लेख्छन्, ‘हरेक समस्याको समाधान पक्कै वार्ताबाट हुन्छ । आपसको इगो त्याग्नअग्रह गरे । हिजो अस्ति वार्ता भएको भए पक्कै यस्तो समस्या आउँदैन थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण