नेपाल प्रहरी विधेयक
प्रहरी स्टाफ कलेज गरेका अधिकृतलाई बढुवामा ४ अंक
बुधबार, १६ माघ २०८१, १३ : ४८

काठमाडौँ । नेपाल प्रहरीमा बढुवा समितिले दिने अंकभार फेरबदल गर्न प्रस्ताव गरिएको छ । संघीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा शैक्षिक योग्यताबापतको अंक घटाउन प्रस्ताव गरिएको हो । यसअघि इस्पेक्टरभन्दा माथिका अधिकृतहरूले बढुवा हुँदा शैक्षिक योग्यताबापत १० अंक पाउँथे ।
प्रस्तावित ऐनमा शैक्षिक योग्यताबापत ७ अंक दिन प्रस्ताव गरिएको छ । प्रहरी स्टाफ कलेज पुरा गर्ने अधिकृतहरूलाई बढुवामा प्राथमिकता दिइएको छ । स्टाफ कलेज बापत ४ अंक दिने व्यवस्था विधेयकमा छ ।
२०७० मा भर्ना भएका इन्स्पेक्टरको समूहबाट प्रहरीले स्टाफ कलेज लागु गरेको छ । स्टाफ कलेज नगर्नेहरू प्रहरी वरिष्ठ उपरीक्षक भन्दा माथि जान पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने