नेपाल प्रहरी विधेयक
प्रहरी स्टाफ कलेज गरेका अधिकृतलाई बढुवामा ४ अंक
बुधबार, १६ माघ २०८१, १३ : ४८
काठमाडौँ । नेपाल प्रहरीमा बढुवा समितिले दिने अंकभार फेरबदल गर्न प्रस्ताव गरिएको छ । संघीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा शैक्षिक योग्यताबापतको अंक घटाउन प्रस्ताव गरिएको हो । यसअघि इस्पेक्टरभन्दा माथिका अधिकृतहरूले बढुवा हुँदा शैक्षिक योग्यताबापत १० अंक पाउँथे ।
प्रस्तावित ऐनमा शैक्षिक योग्यताबापत ७ अंक दिन प्रस्ताव गरिएको छ । प्रहरी स्टाफ कलेज पुरा गर्ने अधिकृतहरूलाई बढुवामा प्राथमिकता दिइएको छ । स्टाफ कलेज बापत ४ अंक दिने व्यवस्था विधेयकमा छ ।
२०७० मा भर्ना भएका इन्स्पेक्टरको समूहबाट प्रहरीले स्टाफ कलेज लागु गरेको छ । स्टाफ कलेज नगर्नेहरू प्रहरी वरिष्ठ उपरीक्षक भन्दा माथि जान पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण