९ उपमहासचिवमध्ये प्रचण्ड निकट एक जना मात्र विजयी
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको ९ उपमहासचिवमध्ये प्रचण्ड निकट अध्यक्षका उम्मेदवार विजय सापकोटाको टिमबाट एक जनाले मात्र जित हासिल गरेका छन् ।
बुधबार भएको अन्तिम मतगणनामा सापकोटा निकट कोशीबाट विपिन पोखरेलले मात्र जित्न सफल भएका हुन् । पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिएका पवन कार्की समूहका निरोज श्रेष्ठले ४०६ मत ल्याएर विजयी भएका छन् । उपत्यका विशेषबाट उनी उपमहासचिवका उम्मेदवार बनेका थिए । श्रेष्ठ अध्यक्षका उम्मेदवार उपदेश यादवको प्यानलका हुन् ।
बाँकी सात प्रदेशमा उपमहासचिव जनार्दन शर्मा निकट हेमन्त राई प्यानलबाट विजयी भएका हुन् । जसमा मधेशबाट गजेन्द्र यादव ४०७, बागमतीबाट निर्मला गौतम ८०३ र गण्डकीबाट भगवान् बास्तोला ७६९ ल्याएर विजयी भएका छन् । यस्तै लुम्बिनीबाट रेशम अधिकारी ६२८, कर्णालीबाट प्रकाश अधिकारी ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्ट ३९९ र विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण