नेपालले दोस्रो बलमै लियो नेदरल्यान्ड्सको विकेट
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबार जारी खेलमा नेपालले दोस्रो बलमै नेदरल्यान्ड्सको विकेट लिएको छ । पहिलो ओभरको दोस्रो बलमै नेपाली टोलीकी बलर कविता कुँवरले विकेट लिएकी हुन् ।
कविताले नेदरल्यान्ड्सकी ओपनर ब्याटर फेब मोलकेनबरलाई एलबीडब्लूको धरापमा पारिन् । फेबले खातासम्म खोल्न पाइनन् । पहिलो ओभरको समाप्तिमा नेदरल्यान्ड्सले एक विकेट गुमाएर तीन रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । त्रिकोणात्मक शृंखलामा तेस्रो टोलीका रुपमा थाइल्यान्डको सहभागिता रहेको छ । नेपाली महिला टोलीले पहिलो पटक नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।
शृंखलाका लागि घोषित नेपाली टोलीमा इन्दु बर्मा ९कप्तान०, रुविना क्षेत्री, सिता राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुवँर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी बिष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण