भौतिक संरचनाहरूलाई उत्पादनसँग जोड्न आवश्यक छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भौतिक संरचनाहरूलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन्। उत्पादनमा वृद्धि गराउने र आर्थिक विकासमा सहयोग पुग्ने गरी संरचनाहरूको विकास जरुरी रहेको उनको भनाई छ ।
बिहीबार ललितपुरको ग्वार्कोदेखि लाँकुरी भञ्ज्याङ हुँदै काभ्रेको माने दोभान सम्मको सडक निरीक्षण पछि मन्त्री दाहालले जरुरी स्थानहरूमा सडक तथा संरचनाहरूको विकास गरी स्थानीयवासीको आर्थिक जीवनमा सुधार ल्याउन सरकारले प्राथमिकता दिएको समेत बताए ।
मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा जनमुखी र आवश्यकतामा आधारित योजनाहरूलाई प्राथमिकता दिने समेत उनले उल्लेख गरे । सङ्घीय राजधानी उपत्यका भित्र रहेर पनि कतिपय ग्रामीण क्षेत्रमा आधारभूत पूर्वाधारको समेत अभाव रहेको भन्दै उनले आगामी बजेटमा यस्ता स्थानहरूको आवश्यकतालाई सम्वोधन गर्ने प्रतिबद्धता पनि जनाए ।
त्यसक्रममा ललितपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्कोदेखि लुभु–लाँकुरीभञ्ज्याङ् हुँदै ललितपुर, भक्तपुर र काभ्रेको सीमा क्षेत्र माने दोभानसम्मको सडक कालोपत्रे गर्न सके पर्यटन प्रवर्द्धनका साथै स्थानीय कृषि उपजको बजारीकरणमा पनि सहयोग पुग्ने बताए ।
यस्तै महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविन्द श्रेष्ठले सडक निर्माण र स्तरीकरणमा स्थानीय सरकारको श्रोत साधनले मात्र नपुग्ने भएकाले सङ्घीय सरकारले प्राथमिकता दिनुपर्ने बताए । यसैगरी वडा नम्बर १० का वडाध्यक्ष विजय लामाले स्तरीय सडक सञ्जालको विकास गर्न सके स्वरोजगारीको समेत सिर्जना हुने भएकाले सङ्घीय सरकारले बजेट व्यवस्था गरी दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण