विवाद मिलेपछि फिल्म ‘एक्टर : टेक वन’ शुक्रबारदेखि प्रदर्शनमा आउने
काठमाडौँ । विवाद मिलेपछि फिल्म ‘एक्टर : टेक वन’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । बिहीबार ‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मको विवाद मिलेको हो ।
‘एक्टर’ र ‘एक्टर स् टेक वन’ फिल्मका निर्माताबिच नामलाई लिएर चलिरहेको विवाद मिलाउने सहमति भएपछि एकटर : टेक वान चलचित्रलाई प्रदर्शन गर्न बाटो खुलेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म ‘एक्टर : टेक वन’ निर्माण टिमले शुक्रबारदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।
यही माघ १६ गतेदेखि रिलिज हुने भनिएको चलचित्र ‘एक्टरः टेक वन’विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेपछि रोकिएको थियो । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको थियो । तर नेपाली डायस्पोरा ईन्टरटेनमेन्टस प्रालिका सम्राट थापा,अदृत फिल्मस् प्रालिका थमनकुमार भण्डारी र मोती फिल्म प्रालिका मोती कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौँ जिल्ला अदालतमा रहेको मुद्दा पनि फिर्ता लिने सहमति भएको जनाए ।
राजन भुसालद्वारा निर्देशित चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ ।
अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण