विवाद मिलेपछि फिल्म ‘एक्टर : टेक वन’ शुक्रबारदेखि प्रदर्शनमा आउने

काठमाडौँ । विवाद मिलेपछि फिल्म ‘एक्टर : टेक वन’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । बिहीबार ‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मको विवाद मिलेको हो ।
‘एक्टर’ र ‘एक्टर स् टेक वन’ फिल्मका निर्माताबिच नामलाई लिएर चलिरहेको विवाद मिलाउने सहमति भएपछि एकटर : टेक वान चलचित्रलाई प्रदर्शन गर्न बाटो खुलेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म ‘एक्टर : टेक वन’ निर्माण टिमले शुक्रबारदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।
यही माघ १६ गतेदेखि रिलिज हुने भनिएको चलचित्र ‘एक्टरः टेक वन’विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेपछि रोकिएको थियो । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको थियो । तर नेपाली डायस्पोरा ईन्टरटेनमेन्टस प्रालिका सम्राट थापा,अदृत फिल्मस् प्रालिका थमनकुमार भण्डारी र मोती फिल्म प्रालिका मोती कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौँ जिल्ला अदालतमा रहेको मुद्दा पनि फिर्ता लिने सहमति भएको जनाए ।
राजन भुसालद्वारा निर्देशित चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ ।
अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्त गर्दै त्रिवि, आंशिक प्राध्यापकहरूको विरोध
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम