ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको उद्धार

काठमाडौँ । ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको उद्धार गरिएको छ । बिहीबार सशस्त्र प्रहरीले यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीहरूको उद्धार गरेको हो ।
केबलकार खारेजीको मागसहित आह्वान गरिएको मेचिराजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकाबाट ताप्लेजुङमा भित्रिने र बाहिरिने तीर्थयात्रीहरू यातायात बन्दका कारण अलपत्र परेका सशस्त्र प्रहरीका डीएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले जनाकारी दिए ।
कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका ३९ जना तीर्थयात्रीहरू ताप्लेजुङको फुङलिङ बजारबाट सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मले ईन्सेकसँगको समन्वयमा उद्धार गरी पाँचथरतर्फ पठाएको उनले बताए ।
सो गुल्मबाट मेची राजमार्गस्थित स्थायी चेकपोष्टमा स्थापना भएको सम्पर्क कार्यालयमा सम्पर्क राख्न आएका तीर्थयात्रीहरूको स्वास्थ्य जाँच समेत गरिएको उनको भनाइ छ ।
यसका साथै उनीहरूका लागि गुल्मले खानाको समेत व्यवस्था गरेको जनाइएको छ । गुल्मले विभिन्न सवारी साधनको व्यवस्था गरी स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म ल्याएको सह प्रवक्ता थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग