ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको उद्धार
काठमाडौँ । ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रीको उद्धार गरिएको छ । बिहीबार सशस्त्र प्रहरीले यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीहरूको उद्धार गरेको हो ।
केबलकार खारेजीको मागसहित आह्वान गरिएको मेचिराजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकाबाट ताप्लेजुङमा भित्रिने र बाहिरिने तीर्थयात्रीहरू यातायात बन्दका कारण अलपत्र परेका सशस्त्र प्रहरीका डीएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले जनाकारी दिए ।
कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका ३९ जना तीर्थयात्रीहरू ताप्लेजुङको फुङलिङ बजारबाट सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मले ईन्सेकसँगको समन्वयमा उद्धार गरी पाँचथरतर्फ पठाएको उनले बताए ।
सो गुल्मबाट मेची राजमार्गस्थित स्थायी चेकपोष्टमा स्थापना भएको सम्पर्क कार्यालयमा सम्पर्क राख्न आएका तीर्थयात्रीहरूको स्वास्थ्य जाँच समेत गरिएको उनको भनाइ छ ।
यसका साथै उनीहरूका लागि गुल्मले खानाको समेत व्यवस्था गरेको जनाइएको छ । गुल्मले विभिन्न सवारी साधनको व्यवस्था गरी स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म ल्याएको सह प्रवक्ता थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण