अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले अध्यादेशको कन्टेन्टको आधारमा विरोध र समर्थन गर्नुपर्ने बताए । उनले कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि विरोध गर्ने बताए ।
उनले भने, ‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन । विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन । अध्यादेश विगतमा हामीले विरोध गरेका थियौँ, अहिले बोलेन भन्नेकुरा पनि छ ।’
महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध जरुरी रहेको बताए । सामाजिक सञ्जाल नियन्त्रण गर्नेगरी विधेयक ल्याउन गलत भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण