बैंकिङ कसुर मुद्दामा फरार युवती पक्राउ
शुक्रबार, १८ माघ २०८१, १७ : ४६
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाँके घर भई हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने २७ वर्षीया सुस्मिता परियार रहेकी छन् ।
जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत माघ १४ गते अनामनगरबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनी २५ लाख रुपैयाँ बिगो भएको बैकिङ कसुर मुद्दामा फरार रहेकी थिइन् ।
परियारलाई आवश्यक कारबाहीको माघ १५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण