फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौँ । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल दुई पोस्टर सार्वजनिक गरिएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन् ।
आगामी फेब्रुअरी ११ बाट छायाङ्कन सुरु हुने फिल्मको पोस्टरमा कलाकार आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु सबै नयाँ हुन् ।
निर्देशक बस्नेतका अनुसार फिल्मको छायाङ्कन ७५ प्रतिशत अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । ‘फिल्मका लागि हामीले चार सय जनाको अडिसन लिएका थियौँ । ती मध्येबाट पाँच कलाकार फिल्मका लागि छनोट गर्यौं’, निर्देशक बस्नेतले भने ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन् । मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण