कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडी राजनीति गरिरहेका छन् : वामदेव गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका छन् । आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै गौतमले सिद्धान्त फरक भएका कांग्रेस र कम्युनिष्ट पार्टीहरुले मिलेर चूनाव लड्ने र सरकार बनाउने काम गरेर खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका हुन् ।
उनले मुलुकलाई खिचडी राजनीति नचाहिने भएकाले यसलाई बहिष्कार गर्नुपर्ने धारणा राखे । हरेक पार्टीले स्वतन्त्र ढंगले जनताको बिचमा जाने र त्यसका आधारमा संगठन निर्माण गरेर देखाउनुपर्ने उनको भनाइ छ ।
गौतमले अहिले अध्यादेश नै राजनीतिक माहोल बनेको तर आफु अध्यादेशको पक्ष वा बिपक्षमा नरहेको जिकिर गरे । अध्यादेश जारी गर्दा बिपक्षीलाई पनि विश्वासमा लिनु उचित हुने उनले बताए ।
गौतमले राष्ट्रलाई लोकतन्त्रमा आधारित समृद्ध समाजवाद आवश्यक रहेको भन्दै यस दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नरहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण