बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक : ६ महिनामा १ किलोमिटर ट्रयाक निर्माण
काठमाडौँ । चालु वर्षको ६ महिनामा बेनीघाट– आरुघाट–लार्के भञ्ज्याङ सडक १ किलोमिटर नयाँ ट्रयाक खनिएको छ । चालु आर्थिक वर्ष २०८१ साउनदेखि पुस मसान्त सम्ममा १.१४ किलो मिटर सडकको नयाँ ट्रयाक खनिएको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने यो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । बेनीघाट– आरुघाट–लार्के भञ्ज्याङ सडक आयोजना (कुल लम्बाइ ९२ किलोमिटर) को निर्माण जिम्मा पनि सेनाले पाएको थियो ।
यस आयोजना निर्माणका लागि नेपाली सेनाले २०७४ वैशाख ११ गतेदेखि निर्माण थालेको थियो । यो आयोजना निर्माण सुरु भएदेखि हालसम्म ३९ किलोमिटर सडक नयाँ ट्र्याक खन्ने कार्य सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कूल ३८ किमी नयाँ ट्र्याक निर्माण र ३ किमी ट्र्याक स्तरोन्नति गरिएको थियो । त्यसयता २०८१/८२ को पुस मसान्तसम्म १.१४ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भई कुल ३९.१४ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको छ ।
यो आयोजना निर्माण सम्पन्न गर्ने म्याद २०८६/८७ सम्म छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण