दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
टक्सार । दुधकोशी चुहार–फलाम–ढुङ्गा–घोरेटार सडक स्तरोन्नति सुरु गरिएको छ । उक्त सडक निर्माणको जिम्मा एमसि–एसईआइपिएल–एनसी जेभी, काठमाडौँले पाएको छ ।
सम्झौताअनुसार २२ दशमलव सात किलोमिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र गरिने ग्रामीण सम्पर्क सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ, कोशी प्रदेश, विराटनगरले जनाएको छ ।
परियोजनाको लागत करसहित कूल रु ७२ करोड ९८ लाख १६ हजार रहेको छ । परियोजना सम्पन्न भएपछि जिल्लाको यातायात सुविधामा सहज हुने अनुमान गरिएको छ । हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थितिमा किराती नाक्छुङ कर्णबहादुर राईले किराती मुन्दुमअनुसार पूजापाठ गरी आज काम शुभारम्भ गरे ।
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले यो सडकले हतुवागढीलाई सहरसँग जोड्न मद्दत गर्ने र समृद्ध हतुवागढी निर्माणमा टेवा पुग्ने बताए । अध्यक्ष राईले भने, ‘यस परियोजनाले जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्छ, जिल्लाको दक्षिणी क्षेत्रको विकासमा टेवा पुग्छ ।’
निर्माण कम्पनीका प्रतिनिधि अर्जुन दाहालले कम्पनीले चार स्थानबाट एकसाथ काम गर्ने योजना बनाएको बताए । तोकिएको समयमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’
-
राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा तिरे करिब २ करोड अमेरिकी डलर
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
-
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
-
जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण