बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘जुना : एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक

मङ्गलबार, २२ माघ २०८१, ०७ : ५४
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले नाचेका छन् । विशेषतः विवाहमा महिलाहरूले नाच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा प्रस्तुत गरिएको छ । हाँसो ठट्टा शैलीमा प्रस्तुत गरिएको गीत कुनै घरको आँगनमा खिचिएको छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मले बाल विवाह, अनमेल विवाह, महिला हिंसालगायतका विषयलाई उठान गरेको छ । दीपकप्रसाद घिमिरेले निर्माण गरेको फिल्ममा जीवन सेन्चुरीको निर्देशन छ ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहरा र खगेन्द्र न्यौपानेको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप