‘मुलासाग’ र ‘जोगिन्दर’ले हँसाए नेपालगन्जका दर्शक
काठमाडौँ । हास्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले नेपालगन्जका दर्शकलाई पेट मिचिमिची हँसाएका छन् ।
नेपालगन्जमा आयोजित ‘प्रादेशिक महोत्सव २०८१’को ११ औँ दिन सोमबार कार्यक्रममा उनीहरूले ‘सपेरा’ शीर्षकको प्रहसन प्रस्तुत गर्दा दर्शक पेट मिचिमिची हास्य बाध्य भएका हुन् ।
प्रहसनमा उनीहरूले देशको राजनीतिक, आर्थिकदेखि नेतासम्मलाई व्यङ्ग्य प्रहार गरेका थिए । सामाजिक विषयमा समेत व्यङ्ग्य गरेका उनीहरूको प्रस्तुतिलाई दर्शकले वान्स मोरको हुटिङ समेत गुन्जाएका थिए ।
कार्यक्रममा केसीले टेलिभिजनको चर्चित पात्र ‘मुलासाँग’ र शिवशंगर रिजालले ‘जोगिन्दर पानवाला’को गेटअपमा प्रस्तुति दिएका थिए ।
नेपालगन्जको प्रस्तुति आफ्नो जीवनकै महत्त्वपूर्ण कार्यक्रम भएको कलाकार रिजालले बताए । ‘दश हजार बढी दर्शकमाझ आफ्नो प्रस्तुति राख्न पाउँदा बेग्लै खुसी मिल्दो रहेछ’, उनले थपे ।
महोत्सवमा सोमबार नै गायक शिव परियार, गायिका लक्ष्मी आचार्य, एन्जिला रेग्मी, उमादेवी खनाल लगायतले आफ्ना केही चर्चित गीतसंगीत राखेका थिए ।
‘उद्योग व्यापार, कृषि जडिबुटी रोजगार, सूचना प्रविधि र पर्यटन, ब्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन नारा’ रहेको महोत्सवमा बुधबारसम्म चल्नेछ । महोत्सवको आयोजना नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण