फिल्म ‘माया प्रीति’ मा भित्रिइन् दिव्या
बुधबार, २३ माघ २०८१, ११ : ३८
काठमाडौंँ । ‘एक्टरः टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी दिव्या रायमाझी ‘माया प्रीति’ मा पनि मुख्य भूमिकामा देखिने भएकी छन् । चलचित्रका कार्यकारी निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले उनलाई फिल्मको मुख्य भूमिकाका लागि बुधवार अनुबन्धित गरेका हुन् ।
रोमान्टिक कमेडी कथामा बन्ने चलचित्र अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्व बुझाउँछ । दिब्याले ‘माया प्रीति’ को कथा आफूले खोजे जस्तै भएको अभिनय गर्न तयार भएको बताइन् ।
वन टू थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण