पूजाको शानदार अर्धशतक, नेपालद्वारा १ सय ४६ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । पूजा महतोको शानदार शतकको मद्दतले नेपालले त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्ससामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । नेपालका लागि महतोले नटआउट रहँदै सर्वाधिक ६२ रनको योगदान दिइन् । उनले ५१ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।
त्यस्तै, कप्तान इन्दु वर्माले ३७ बलमा ३९ रन जोडिन् । उनले यसक्रममा ५ चौका हिर्काइन् । रुविना क्षेत्रले १७ बलको सामना गर्दै २० रन बनाइन् । उनले ३ चौका प्रहार गरिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस जीविलिङले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै क्यारोलिन डी लांगे र हेदर सिगर्सले १–१ विकेट हात पारे ।
नेपाल शृङ्खलामा हालसम्म जितविहीन रहेको छ । नेदरल्याण्ड्सले ४ खेलमध्ये दुईमा जित र दुईमा हार बेहोर्दै ४ अंक बटुलेको छ । थाइल्याण्ड सबै चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण