फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
पेरिस । फ्रान्समा अति दक्षिणपन्थी नेशनल र्याली पार्टीले सरकार विरुद्ध राष्ट्रियसभामा ल्याइएको अविश्वास प्रस्तावलाई समर्थन नगर्ने भएको छ । यसले प्रधानमन्त्रीले संसदमा अविश्वासको प्रस्ताव छल्न सक्ने र २०२५ को बजेट पारित हुने सङ्केत गरेको छ ।
‘हामी अस्थिरताको फाइदा उठाउने छैनौँ’ सो पार्टीले भनेको छ । प्रधानमन्त्री फ्रान्कोइस बायरोले सोमबार सांसदहरूको मतदान बिना नै २०२५ को बजेट अनुमोदन गरेका थिए ।
फ्रान्समा अहिले देखिएको अस्थिरताको नयाँ चरणको फाइदा पार्टीले नउठाउने दक्षिणपन्थी नेशनल र्यालीका अध्यक्ष जोर्डन बार्डेलाले भनेका छन् । वामपन्थी नयाँ पपुलर फ्रन्ट (एनएफपी गठबन्धनले पहिले नै फ्रान्सलाई बजेट दिने समय भएकोले अविश्वास प्रस्तावलाई समर्थन नगर्ने बताएको थियो ।
कट्टर वामपन्थी दलले फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोको सरकार विरुद्ध राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव ल्याएको छ । यो प्रस्ताव पारित गर्न ५७७ जना सांसदहरूमध्ये कम्तीमा आधाको मत चाहिन्छ ।
कट्टर वामपन्थी सांसदहरूले प्रस्तावको समर्थनमा मतदान गर्न सक्ने विश्वास गरिएको छ । तर उनीहरूसँग मध्यमार्गी गठबन्धन सरकार ढाल्न पर्याप्त सङ्ख्या छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण