सहकारी ठगी प्रकरण
रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस
बिहीबार, २४ माघ २०८१, ०७ : ४९
चितवन । साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो ।
थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराउने छ ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार बिहान १० बजेबाट बहस सुरु हुनेछ । सरकारी वकिल तथा जाहेरवालाको र विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।
बहस नसकिएकाले लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो । बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण