समस्याग्रस्त १९ सहकारीका बचतकर्तालाई छुट दाबी पेस गर्न आह्वान
बिहीबार, २४ माघ २०८१, ०९ : ०७
काठमाडौँ । समस्याग्रस्त अवस्थामा रहेका सङ्घीय स्तरका १९ सहकारी संस्थाका बचत सदस्यलाई आफ्नो बचतको छुट दाबी पेस गर्ने मौका दिइएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बिहीबार छुट दाबी पेस गर्न आह्वान गरेको हो । यसका लागि एक महिनाको समय दिइएको छ ।
यसरी दाबी गर्नेहरूले सुरुमा दाबी गर्नेले बचत फिर्ता पाइसकेपछि बाँकी रहेको रकमबाट मात्रै पैसा फिर्ता पाउने समितिले प्रष्ट पारेको छ । छुट भएका बचतकर्ताले वेभसाइटमार्फत् दाबी पेस गर्नसक्ने उल्लेख गरिएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण