सिजनको पहिलो उपाधि जित्ने आर्सनलको सपना चकनाचुर, सेमिफाइनलमा न्युक्यासलसँग स्तब्ध:
काठमाडौँ । सिजनको पहिलो उपाधि चुम्ने आर्सनलको सपना चकनाचुर भएको छ । इङ्लिस लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको बिहीबार विहान सम्पन्न सेमिफाइनल खेलमा न्युक्यासल युनाइटेडसँग पराजित भएपछि आर्सनल उपाधि होडबाट बाहिरिएको हो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा न्युक्यासलले आर्सनललाई २–० गोलले हरायो । उक्त जितसँगै न्युक्यासल ४–० कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । यसअघि सम्पन्न सेमिफाइनदको पहिलो लेग खेलमा पनि न्युक्यासलले आर्सनललाई २–० गोलले हराएको थियो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा न्युक्यासलले दुबै हाफमा एक–एक गोल गरेको थियो । निर्धारित समयको १९औँ मिनेटमा ज्याकब मर्फीले गोल गर्दै घरेलु समर्थकलाई खुसी तुल्याएका थिए । सोही गोलका कारण पहिलो हाफमा न्युक्यासल अगाडि रह्यो ।
निर्धारित समयको ५२औँ मिनेटमा न्युक्यासलका लागि एन्थोनी गोर्डनले टोलीका लागि दोस्रो गोल थपेका थिए । खेलको प्रारम्भदेखि नै घरेलु टोली न्युक्यासलले आर्सनललाई दबाबमा राखेको थियो ।
इङ्लिस प्रिमियर लिगमा भने आर्सनल उपाधिको होडमा कायमै छ । प्रिमियर लिगमा हालसम्म २४ खेल टुंग्याएको आर्सनल ५० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा आसिन लिभरपुलले भने २३ खेलबाट ५६ अंक बटुलेको छ ।
काराबाओ कपको फाइनलमा अब न्युक्यासलले लिभरपुल वा टोट्टनहामसँग भिडन्त गर्नेछ । सेमिफाइनलको पहिलो लेग खेलमा टोट्टनहामले लिभरपुललाई १–० गोलले हराएको थियो । सेमिफाइनलको दोस्रो लेग खेल बिहीबार राति खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण