छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बिहीबार, २४ माघ २०८१, १३ : ०८
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित सडकमा एनएल ०१ डी ७८८८ नम्बरको ट्रकमा ना.७ त २७२४ नम्बरको ट्याक्टर ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही महानगरपालिका-२८ बगही टोल बस्ने १८ वर्षीय राजाबाबु महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
- धनुषा, मिथिला बिहारी नगरपालिका-८ कचुरीस्थित सडकमा बा.३१ प ८३०२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ उत्तमपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउतको मृत्यु भएको छ । उक्त स्थानमा साइकलसँग ठक्कर खाई दुर्घटनामा हुँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार साइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुलस्थित सडकमा ना.३ त ८४१९ नम्बरको ट्याक्टरले ना.६५ प ५५०५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-१६ मझौलिया बस्ने ३१ वर्षीय विजय कुमार महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- संखुवासभा, चैनपुर नगरपालिका-३ घुमाउने चौतारास्थित सडकमा प्रदेश १-०२-०४९ प ३३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २१ वर्षीय रूपेश मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि घोपा अस्पताल धरानतर्फ पठाइएको छ ।
- कैलाली, बर्दगोरिया गाउँपालिका-२ सम्झना चोकस्थित सडकमा सु.प.प्र.०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई बुधबार राति दुर्घटना हुँदा साइकलमा सवार लम्कीचुहा नगरपालिका-१० चुहा बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्ज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नर्सिङ होम नेपालगन्ज बाँकेमा तथा मोटरसाइकलमा सवार १ जना र साइकल चालकको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ ।
- झापा, कन्काई नगरपालिका-१ बिमल चौतारास्थित सडकमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदै गरेको मे.१० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका-५ बस्ने २४ वर्षीय सुमित साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण