सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सुनोस् : सुमना श्रेष्ठ
बिहीबार, २४ माघ २०८१, १४ : ०७
काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा युवाहरूले अभियान सुरु गरेको भन्दै सरकारलाई युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले के युवाले माइतीघर मण्डलामा तोडफोड गरे, सार्वजनिक सम्पत्तिमा ढुंगामुढा गरे भने मात्रै सरकारले युवाहरूको आवाज सुन्ने हो भन्दै प्रश्न गरिन् ।
उनले सामाजिक सञ्जालमा युवाहरूले सामाजिक सञ्जाल विधेयकबारे अभियान सुरु गरेको भन्दै त्यसमा वाक स्वतन्त्रता हननको कुरा गरिएको बताइन् ।
‘के यो आवाज सरकारले सुन्छ, विधेयकहरु ल्याउँदै गर्दा सरोकारवालासँग छलफल गर्छ, युवालाई बोलाउनुस् । आवाज सुन्नुस्’, उनले भनिन्, ‘पेलेर जाने होइन, दम्भ देखाउने होइन । यो विधेयकप्रति युवाहरूले गरेको विरोध सरकारले सम्बोधन गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण