सामाजिक सञ्जाल विधेयकमा युवाको आवाज सुनोस् : सुमना श्रेष्ठ
बिहीबार, २४ माघ २०८१, १४ : ०७
_l6R45dzxpT.jpg)
काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा युवाहरूले अभियान सुरु गरेको भन्दै सरकारलाई युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले के युवाले माइतीघर मण्डलामा तोडफोड गरे, सार्वजनिक सम्पत्तिमा ढुंगामुढा गरे भने मात्रै सरकारले युवाहरूको आवाज सुन्ने हो भन्दै प्रश्न गरिन् ।
उनले सामाजिक सञ्जालमा युवाहरूले सामाजिक सञ्जाल विधेयकबारे अभियान सुरु गरेको भन्दै त्यसमा वाक स्वतन्त्रता हननको कुरा गरिएको बताइन् ।
‘के यो आवाज सरकारले सुन्छ, विधेयकहरु ल्याउँदै गर्दा सरोकारवालासँग छलफल गर्छ, युवालाई बोलाउनुस् । आवाज सुन्नुस्’, उनले भनिन्, ‘पेलेर जाने होइन, दम्भ देखाउने होइन । यो विधेयकप्रति युवाहरूले गरेको विरोध सरकारले सम्बोधन गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्षभित्रै मतभेद
-
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा चिनियाँ पक्षले के–कस्ता चासो राखे ?
-
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
-
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री
-
कविता राई गाउँलेको कविता सङ्ग्रह ‘फाटकको घाम’ सार्वजनिक
-
चितवनमा टिप्पर दुर्घटना, घाइते चालककाे उद्धार