नागरिकप्रति उत्तरदायी हुन मन्त्री महर्जनको निर्देशन
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नागरिकप्रति उत्तरदायी हुन निर्देशन दिएका छन् । उनले जवाफदेहीतासहित नागरिकको माग र आवश्यकतामा जिम्मेवार बनेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्रालय मातहतका परिषद् तथा निकायहरूको आर्थिक वर्ष २०८१/०८२ को योजना तथा कार्यक्रम कार्यान्वयनको समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री महर्जनले मातहतका निकायहरूलाई मन्त्रालय र प्रदेश सरकारका संरचनामा आपसी समन्वय बढाउन आग्रह गरे । उनले खेलकुद मन्त्रालयले परिणाममुखी काम गर्नुपर्ने भएकाले गम्भीरताका साथ अघि बढ्न जरुरी रहेको औँल्याए ।
उनले प्रदेश खेलकुद विकास परिषद् र युवा परिषद्ले सञ्चालन गर्दै आइरहेको आयोजनाहरूलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्ययोजना बमोजिम नतिजा हासिल गर्नेतर्फ अग्रसर हुन उनले निर्देशन दिए ।
बैठकमा मन्त्रालयका सचिव केशवराज सुवेदी, परिषद्का सदस्य सचिव दीपक लामा, खेल विज्ञ दीपक श्रेष्ठले मन्त्रालय र परिषद्हरूको प्रगतिका साथै आयोजनाहरुको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे चासो व्यक्त गरेका थिए ।
बैठकमा प्रदेश युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे, प्रदेश खेलकुद विकास परिषद्का कार्यालय प्रमुख बद्रीबहादुर पाठक र मन्त्रालयका प्रवक्ता सूर्यबहादुर दाहालले आर्थिक वर्ष २०८१/८२ पुस मसान्तसम्म भएका काम कारबाही, बजेट खर्चको अवस्था, सञ्चालन भइरहेका आयोजनाहरू तथा समग्र गतिविधिको विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण