पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
शुक्रबार, २५ माघ २०८१, १६ : १८
काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो र जिल्ला प्रहरीका कार्यालय सिरहाको संयुक्त टोलीले उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राईलाई बिहीबार पक्राउ गरेको हो ।
राईमाथि पीडित महिला र उनीसँग प्रेम सम्बन्धमा रहँदा व्यक्तिगत भिडियो तथा तस्बिरहरु उनका आफन्तको सामाजिक सञ्जाल (म्यासेन्जर) मा पठाई गाली गलौज समेत गरी चरित्र हत्या गरेको आरोप लागेको छ । सोही आरोपसहित पीडित महिलाले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण