फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?
वासिङटन डीसी । स्मार्टफोनको बढ्दो प्रयोगसँगै यसलाई सफा र ब्याक्टेरियामुक्त राख्नु निकै महत्त्वपूर्ण भएको छ । धेरै मानिसहरूले आफ्नो स्मार्टफोनलाई स्यानिटाइजरले सफा गर्ने प्रयास गर्छन् । तर यसरी स्मार्टफोन सफा गर्नु सुरक्षित छ त ?
स्यानिटाइजरमा रहेको अल्कोहलले भाइरस र ब्याक्टेरिया मार्न मद्दत त गर्छ, तर यसले स्मार्टफोनको स्क्रिन, कोटिंग र हार्डवेयरलाई पनि क्षति पुर्याउन सक्छ । त्यसैले, स्मार्टफोन सुरक्षित र लामो समयसम्म टिकाइराख्नका लागि यसलाई कसरी सफा गर्ने भनेर जान्न जरुरी हुन्छ ।
स्क्रिन कोटिंग बिगार्छ : धेरैजसो स्मार्टफोन स्क्रिनहरूमा ओलियोफोबिक कोटिंग हुन्छ, जसले स्क्रिनलाई औँलाको छाप र धुलोबाट जोगाउँछ । स्यानिटाइजरमा रहेको अल्कोहलले यसलाई क्षति पुर्याउन सक्छ ।
हार्डवेयर क्षतिको जोखिम : स्यानिटाइजर फोनको स्पिकर, चार्जिङ पोर्ट वा माइक्रोफोनमा पस्यो भने यसले तिनीहरूलाई क्षति पुर्याउन सक्छ ।
डिस्प्ले र ब्याक प्यानलमा असर : निरन्तर रूपमा स्यानिटाइजरले सफा गर्दा फोनको बडी र डिस्प्लेमा सेतो दाग बस्ने वा कोतरिने सम्भावना हुन्छ ।
यसरी गर्नुहोस् आफ्नो स्मार्टफोन सफा
तपाईँ आफ्नो स्मार्टफोन सुरक्षित रूपमा सफा गर्न तपाईँले यी उपाय अपनाउन सक्नु हुन्छ ।
– फोनको स्क्रिन र बडी सफा गर्न नरम माइक्रोफाइबर कपडा प्रयोग गर्नुहोस् ।
– ७० प्रतिशत हाइसोप्रोफाइल अल्कोहल वाइप्सको प्रयोग गर्नुहोस् ।
–हल्का भिजेको कपडामा डिस्टिल्ड पानी छर्कनुहोस् फोन पुछ्नुहोस् ।
–यूभी सेनिटाइजर प्रयोग गर्नुहोस् । यो ब्याक्टेरिया र भाइरस मार्ने सबैभन्दा सुरक्षित तरिका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण