केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
शुक्रबार, २५ माघ २०८१, १८ : १७
काठमाडौँ । फाल्गुन ११ गतेदेखि काठमाडौँमा सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप राजनीतिज्ञ र कलाकारबिच मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा राजनीतिज्ञ र कलाकारबिच मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।
खेलमा कलाकारले राजनीतिज्ञलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । राजनैतिक दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे रहेका थिए भने कलाकारबाट बद्री पंगेनी कप्तान रहेका थिए ।
केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण