धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
धरान । धरानमा यही माघ २८ गतेदेखि फागुन ८ गतेसम्म प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता हुने भएको छ । आज एन्फा एकेडेमीमा पत्रकार सम्मेलनमा कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा उक्त प्रतियोगिता हुने सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्ला च्याम्पियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जिल्लाका क्लबलाई नेपाली फुटबलको महत्वपूर्ण राष्ट्रिय लिग ‘ए’ डिभिजनका लागि खेल्ने अवसर प्रदान गर्न प्रदेश प्रिमियर लिगको आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए ।
उनले भने, ‘प्रिमियर लिगमा सहभागी ११ जिल्ला च्याम्पियन क्लबबीच हुने प्रतियोगिताबाट दुई वटा पहिलो र दोस्रो हुने लिग विजेता क्लब अन्तर प्रादेशिक लिग फुटबलका लागि छनोट हुनेछन् ।’
प्रतियोगिताका चार समूहमा समूह ‘ए’ लोहरुङ फुटबल क्लब सङ्खुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर रहेका छन् भने समूह ‘बि’ मा गाईघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट स्पोर्टिङ फुटबल क्लब मोरङ रहेका छन् ।
समूह ‘सि’ मा देउराली युवा क्लब धनकुटा, धाइजन चारआली फुटबल क्लब झापा, रेड हर्स फुटबल क्लब इलाम, समूह ‘डि’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतीशील युवा क्लब ताप्लेजुङ, बुइँपा ११ फुटबल क्लब खोटाङ रहेका आयोजकले जनाएको छ ।
प्रिमियर लिगको सुपर चारका लागि प्रथम पुरस्कार रु दुई लाख, दोस्रो पुरस्कार रु एक लाख ५० हजार, तेस्रो रु एक लाख २५ हजार, चौथो पुरस्कार रु एक लाख रुपैयाँ रहेको अध्यक्ष राईले जानकारी दिए ।
प्रतियोगितको वेष्ट प्लेयरले रु ५० हजार, वेष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकरले रु १५ हजारु पुरस्कार पाउनेछन् भने प्रतियोगिताको १६ प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार रु पाँच हजार प्रदान गरिनेछ । अध्यक्ष राईका अनुसार पहाडी जिल्ला च्याम्पियन क्लबलाई प्रिमियर लिग तयारीका लागि रु ६० हजार र तराईका जिल्लालाई रु ५० हजारको तयारी खर्च प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
-
रास्वपाले लिएको सामाजिक लोकतन्त्रबारे एक दृष्टि
-
सहायक प्रमुख जिल्ला अधिकारीको खानामा किरा भेटिएपछि होटललाई ५० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण