दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार
शनिबार, २६ माघ २०८१, १० : ३५
रौतहट। रौतहटको सदरमुकाम गौरसँग सिमाना जोडिएको भारतीय बजार बैरगनिया छेउको दशगज्जाबाट गएराति घाइते अवस्थामा एकजना नेपालीलाई प्रहरीले उद्धार गरेको छ ।
धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा गौर नगरपालिका १ का २५ वर्षीय अजित कुमार पासवानलाई बैरगनिया सीमाको दशगजाबाट फेला पारी उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
पासवानको छातीको बायाँ भागमा चोट लागेको छ । घटना सम्बन्धी अन्य अनुसन्धान कार्य भई रहेको एसपी घिमिरेले जानकारी दिए।
शुक्रवार राती करिब ९ बजेको समयमा गौर १ दशगजास्थित भारतबाट नेपाल तर्फ आउँदै गर्दा दश गजा क्षेत्रमा भारत पट्टि भारतीय सीमा सुरक्षा बल एसएसबीले पासवानलाई घाइते अवस्थामा फेला पारी भन्सार सुरक्षा गार्ड गौरलाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण