वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
काठमाडौँ । वीर अस्पतालमा डाक्टरहरूमाथि आक्रमणको घटनामा संलग्न दोषीहरूलाई कडा कारबाही गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष माग गरेको छ । संघका अनुसार वीर अस्पतालको अप्रेशन कक्षमा सेवामा खटिएका चिकित्सक डा.घनश्याम थापा, डा.शरद पोखरेल लगायत अन्य स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण भएको थियो ।
घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासचिव डा.सञ्जीव तिवारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भर्त्सना गरेका छन् । स्वास्थ्य संस्थाहरूमा हुने गरेका यस प्रकारका घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने गरेको उनको भनाई छ ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अस्वाभाविक घटनामा संलग्न दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) २०७९’ बमोजिम कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायसँग जोडदार माग गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण