वर्षमानसँगको फोन संवादबारे शङ्कर पोखरेलको प्रस्टीकरण– अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने देखियो
काठमाडौँ । नेकपा एमालेमा महासचिव शङ्कर पोखरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग भएको अनौपचारिक संवादलाई मिडियामा ल्याएकोमा असन्तुष्टि जनाएका छन् । शनिवार सरकारले ल्याएको अध्यादेश पारितका लागि पोखरेलले सहयोग मागेको समाचार बाहिरिएपछि उनले असन्तुष्टि जनाएका हुन् ।
नेताहरूबिच शिष्टाचारबस हुने कुराकानीलाई पुनले एमाले महासचिवको याचना भनेर प्रचार गरेकाले अब उनीसँग सम्वाद गर्न पनि सचेत हुनुपर्ने आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । अनौपचारिक संवाद सार्वजनिक खपतका लागि सार्वजनिक गर्नु उचित नहुने उनले उल्लेख गरेका छन् ।
‘नेताहरूका बिचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमान मानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ । अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन’, उनले लेखेका छन् ।
यसमा पुनको उद्देश्य प्रस्ट भए पनि अन्ततः उनी र उनको पार्टी माओवादीलाई नै नोक्सान पुग्ने पोखरेलले प्रस्ट पारेका छन् ।
वर्षमान पुनबारे पोखरेलको प्रस्टीकरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
-
सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
-
मेक्सिकोमा फिफा विश्वकप २०२६ को भव्य उद्घाटन
-
ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द
-
वाल्मीकि विद्यापीठको नक्ली पत्र बनाएर विदेशीलाई भिसा दिलाउने विरुद्ध लिखत किर्तेमा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण