जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ओखलढुंगा र प्युठानबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ बस्ने ३८ वर्षीय राजकुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । राजकुमारले ती बालिकालाई गत पुस १७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै प्युठानमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण