अमेरिकाबाट सञ्चालित परियोजनाको लागत खोज्दै सरकार
विराटनगर । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्ने भएपछि त्यसको तथ्याङ्क संकलन गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । मन्त्रालयले पठाएको पत्रमा लामो समयदेखि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट वैदेशिक सहायकता लिँदै आएको र त्यस्तो सहायता विभिन्न गैर सरकारी संघ संस्थाबाटसमेत परिचालन हुँदै आएकोले त्यस्तो संस्थाहरु कति छन् ? विवरण बुझाउन प्रशासन कार्यालयहरुलाई दिर्नेशन दिएको छ ।
‘तहाँ जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले कुन कुन विकास साझेदारहरुबाट के कस्तो क्षेत्रमा कति सहायता रकम परिचालन र उपयोग गरेका छन् ? साथै सहायता परिचालनको मोडालिटी कस्तो रहेको छ ? त्यस्ता कार्यक्रम र परियोजनाहरु हाल कुन अवस्थामा रहेका छन् ?,’ पत्रमा भनिएको छ, ‘उक्त सहायता परिचालनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?।’
‘हालै अमेरिकन सहायता संस्था (युएसएआइडी) बाट प्राप्त हुने सहायता स्थगित भएको भनी समाचारहरु प्रवाहित भैरहेको परिवेशमा जिल्लामा युएसएआइडिबाट सञ्चालित कार्यक्रम र परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायहरुसँग समन्वय गरी अध्ययन तथा विश्वलेषण गर्ने र सो को प्रतिवेदन समेत पठाउन’ प्रशासन कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण