१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, २७ माघ २०८१, १६ : ४७
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गुराँस गाउँपालिका-०६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरूबाट अख्तियारले बुढासहित, इन्जिनियर सरोज दाहाल, सव-इन्जिनियर नविन कुमार वि.सी., लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख अधिकृत छैटौँ मदन प्रकाश मल्ललगायतसँग १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो र सजायको मागदाबी लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण