शर्मालाई पौडेलको जवाफ : यी ६ काम गर्नुस्, साथ दिन तयार छौँ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आस्था, विश्वास र भरोसाको कुरा गर्ने सत्तापक्षका सांसद विश्वप्रकाश शर्मालाई जवाफ फर्काएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद शर्माले नेताहरूको अभिव्यक्तिले संसद्, नेतृत्व र पार्टीप्रति आस्था, भरोसा र विश्वास घटेको बताएका थिए ।
त्यसको जवाफ दिँदै माओवादी सांसद पौडेलले भने, ‘माननीयले आस्था, विश्वास र भरोसाको कुरा गर्नुभएको छ । उहाँको यो कुरालाई मनन गर्दै सरकारसँग सपना, इच्छाशक्ति, इमानदारिता, सुझबुझ, सहमतीय भावना र लोकतान्त्रिक संस्कार चाहिन्छ । सङ्कल्प गर्नुस् हामी साथ दिन तयार छौँ ।’
पौडेलले सत्तापक्षका सांसदले अध्यादेशको बचाउ गरेको भन्दै उनले ३१ वटा कानुन बनाउँदा संसद्को वास्तै नगर्न कहाँ भनिएको छ ? भनेर प्रश्न गरे । उनले २०४६ पछिको समयमा सबैभन्दा धेरै सरकारमा गएको पार्टी कांग्रेस, त्यसपछि एमाले र अनि मात्र माओवादी रहेको बताए ।
पौडेलले भूमिसम्बन्धी अध्यादेशको चर्चा गर्दै मन्त्रालयको स्वीकृतिमा जग्गा बेच्ने र प्लटिङ गर्न लागिएको मध्यवर्ती क्षेत्रको जग्गा सुकुम्वासीले पाउन सक्छन् ? भनेर प्रश्न गरे । उनले सुकुम्वासी गरिबलाई अघि सारेर के गर्न खोजिएको भन्दै त्यसको विरोध गरेको बताउँदै सुकुम्वासीले जग्गा पाउने कुरामा आफूहरूको विरोध नभएको बताए । पूर्वमन्त्री समेत रहेका पौडेलले सामाजिक सञ्जालसम्बन्धि विधेयक सूचनाको हक प्राप्त गर्ने नागरिकले केही बोलेबापत ५ लाख जरिवाना तिर्नुपर्ने भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण