नामिबियाका प्रथम राष्ट्रपतिको निधन
आइतबार, २७ माघ २०८१, १७ : ०२
विन्डहोक । नामिबियाका क्रान्तिकारी नेता साम नुजोमाको निधन भएको छ । ९५ वर्षको उमेरमा नुजोमाको निधन भएको हो । १९९० मा रङ्गभेद व्याप्त दक्षिण अफ्रिकाबाट नामिबियालाई स्वतन्त्रता बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नामिबिया स्वतन्त्र भएको पहिलो १५ वर्षसम्म नुजोमा यसको राष्ट्रपति थिए । नामिबियाका वर्तमान राष्ट्रपति नाङ्गोलो एमबुम्बाले आइतबार नुजोमाको मृत्यु भएको बताएका छन् ।
राजधानी विन्डहोकको अस्पतालमा भर्ना भएर उपचाररत नुजोमाको शनिवार राति मृत्यु भएको एमबुम्बाले बताए । आफ्नो देशलाई औपनिवेशिक वा गोरा अल्पसंख्यक शासनबाट बाहिर निकाल्नेमा उनी दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, जिम्बाब्वेका रोबर्ट मुगाबे, जाम्बियाका केनेथ काउन्डा र मोजाम्बिकका सामोरा माचेल लगायत अफ्रिकी नेताहरूको पुस्ताका अन्तिम व्यक्ति थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण