केपीको प्यारो बन्न बादलले जनयुद्धलाई ‘हिंसा’ भने : शाही
सुर्खेत। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ केपी ओलीको प्यारो बन्न आफैँले कमान्ड गरेको जनयुद्धलाई ‘हिंसा’ भनेर राजनीतिक बेइमान बनेको बताएका छन्।
आफैँले जनताका छोराछोरीलाई युद्धमा लडाएर अहिले ‘हिंसा’ भन्नु सहिद, अपाङ्गता भएका व्यक्तिहरूमाथिको अपमान भएको शाहीको भनाइ छ।
आइतबार वीरेन्द्रनगरमा आयोजित ‘समाजवादी यात्रा’ नामक पुस्तकमाथिको विमर्श कार्यक्रममा बोल्दै शाहीले भने, ‘बादलजी बिचरा हो १ राजनीतिक रूपमा दरिद्र व्यक्ति हो, स्वयम् हिजो आफैँ सहभागी भएर कमान्ड गरेको मान्छे, अरूलाई लडाएको मान्छेले जनयुद्धलाई ‘हिंसा’ भन्ने ?’
एमालेमा पनि आफ्नो राजनीतिमाथि बादल लाग्न थालेपछि यस्ता खालका अनैतिक शब्द प्रयोग गर्न थालेर एमाले नेताको समर्थ बटुल्ने रणनीतिमा लागेको पनि शाहीले बताए।
आफ्नो कमजोरी भन्न नसकेर जनयुद्ध नै गलत थियो भन्ने बादलको तर्कलाई अनैतिक र राजनीतिक दरिद्रताको पराकाष्ठा भएको शाहीको टिप्पणी छ ।
पूर्व जनमुक्ति सेनाका कमान्डर समेत रहेका शाहीले अगाडि थपे, ‘आफ्ना कमजोरी लुकाउन एमालेको शरणमा पुगेको र त्यहाँ आफूलाई टिकाउन आफूले नै गरेको जनयुद्धलाई ‘हिंसा’ भन्नु जनतामाथि बेइमानी हो ।’
साथै अहिले सरकारमा रहेकाहरू आफ्ना पुराना भ्रष्टाचारका प्रमाण नष्ट गर्न अध्यादेशबाट शासन गर्न खोजिरहेको पनि बताए ।
‘आफूले गरेका अपराधका प्रमाण नष्ट गर्न, बच्न बनाइएको सरकार हो यो,’ माओवादी केन्द्रीय सदस्यसमेत रहेका शाहीले भने, ‘सरकार दलाल, भ्रष्टाचारी, ठुला घराना पुँजीपतिको संरक्षण र हिजो आफूले गरेका गम्भीर अपराध लुकाउन संर्घषरत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
-
इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण