धार्मिक सहिष्णुता खलल गरेको आरोपमा एक जना पक्राउ
आइतबार, २७ माघ २०८१, १७ : ३२
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगागत प्लेटफर्मबाट धार्मिक सहिष्णुतामा खलल पुर्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राई रहेका छन् ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार राईले सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गरेको पाइएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा गत माघ २५ गते पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक अवस्थीले उनीमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण