वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सार्ने निर्णय, व्यवसायीहरूकै विरोध
काठमाडौँ । फागुन २ गतेका लागि तय भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा तथा निर्वाचन सर्ने भएको छ । तयारी नपुगेको तथा केही व्यवसायी संस्थाहरूबिचको लफडाका कारण यसअघि तोकिएको मितिमा निर्वाचन नहुने भएको हो ।
अब २०८२ को असार १७ गते हुने संघको स्थापना दिवस अघि नै गर्ने तयारी भइरहेको अध्यक्ष राजेन्द्र भण्डारीले बताए । व्यवसायीहरूले उठान गरेका विभिन्न मुद्दाहरू, संघको भवन बनाउने विषय, विधान संशोधन लगायतका विषयमा विवाद उठेपछि तोकिएको मितिमा निर्वाचन गर्न असम्भव भएको अध्यक्ष भण्डारीले बताए ।
साधारणसभा तथा निर्वाचनको मिति सार्ने संघको निर्णयमा व्यवसायीहरूले भने विरोध जनाएका छन् । चुनावी प्रक्रिया नै अघि बढिसकेको अवस्थामा एकाएक सार्ने निर्णय गरिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन् ।
निर्वाचन सार्ने निर्णयप्रति असहमति जनाउँदै कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा ज्ञापनपत्र बुझाएका छन् ।
संघको निर्वाचनका लागि राजनीतिक दल निकटका व्यवसायी संस्थाहरू प्यानल बनाउँदै हिँडेका छन् । निर्वाचनका लागि ३ वटा प्यानल समेत घोषणा भैसकेको थियो । लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक एसोसिएसनले भुवनसिंह गुरुङको नेतृत्वमा प्यानल घोषणा गरेका थिए भने एसोसिएसनकै असन्तुष्ट पक्षले कुमुद खनालको नेतृत्वमा अर्को प्यानल बनाएका थिए । त्यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नरेश गेलालको नेतृत्वमा अर्को प्यानलको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण