रिलिजको केही घण्टामै लिक भयो नागा चैतन्य र साई पल्लवीको 'तन्डेल'
आइतबार, २७ माघ २०८१, १९ : ३७
नयाँ दिल्ली । 'पुष्पा २' र 'विदमुयार्ची'पछि साउथको अर्को फिल्म पाइरेसीको सिकार बनेको छ ।
नागा चैतन्य र साई पल्लवी स्टारर दक्षिण भारतीय फिल्म 'तन्डेल' शुक्रबार ७ फेब्रुअरीबाट हलमा रिलिज भएको थियो । तर, रिलिज हुनुभन्दा केही घण्टाअघि नै फिल्म केही वेबसाइटमा लिक भएको हो ।
रिपोर्टहरूका अनुसार फिल्म पाइरेसीका लागि परिचित टोरेन्टजस्ता वेबसाइटहरूमा डाउनलोड भइरहेका छन् ।
यसले फिल्मको बक्स अफिस कलेक्सनमा पनि ठूलो असर पार्नेछ । 'टण्डेल'का निर्माण पक्षले फिल्म लिक भएको बारे आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् ।
यो सन् २०१८ मा भएको वास्तविक जीवनमा आधारित एक रोमान्टिक एक्सन थ्रिलर फिल्म हो।
यसलाइ चन्दु मोन्डेतीले निर्देशन गरेका हुन् । गीता आर्ट्सको ब्यानरमा बन्नी वासुले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण