भिल्लासँग हार्यो स्पर्स, दबाबमा पोस्टेकोग्लु
सोमबार, २८ माघ २०८१, ०७ : ०४
लण्डन । टोटनह्याम हटस्पर्सलाई हराउँदै एस्टन भिल्ला पछिल्लो दशकमा पहिलोपटक एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा भिल्ला २–१ गोलले विजयी बन्यो ।
भिल्लाले खेलको ५७ औँ सेकेन्डमा नै अग्रता लिएको थियो । ज्याकब रामसेले टोलीका लागि पहिलो गोल गरे । दोस्रो हाफको ६४ औँ मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको १ मिनेटपछि हालैमात्र ऋणमा भिल्ला पुगेका म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड मैदान प्रवेश गरेका थिए । खेलको अन्त्यतिर माथियस टेलले स्पर्सका लागि सान्त्वना गोल फर्काए ।
पराजयसँग स्पर्सका म्यानेजर एंगे पोस्टेकोग्लुमाथि दबाब बढेको छ । टोली बिहीबार काबाओ कपको सेमिफाइनलमा लिभरपुलसँग ४–० ले पराजित भएको थियो । स्पर्स हाल प्रिमियर लिगको १४ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण