भिल्लासँग हार्यो स्पर्स, दबाबमा पोस्टेकोग्लु
सोमबार, २८ माघ २०८१, ०७ : ०४

लण्डन । टोटनह्याम हटस्पर्सलाई हराउँदै एस्टन भिल्ला पछिल्लो दशकमा पहिलोपटक एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा भिल्ला २–१ गोलले विजयी बन्यो ।
भिल्लाले खेलको ५७ औँ सेकेन्डमा नै अग्रता लिएको थियो । ज्याकब रामसेले टोलीका लागि पहिलो गोल गरे । दोस्रो हाफको ६४ औँ मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको १ मिनेटपछि हालैमात्र ऋणमा भिल्ला पुगेका म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड मैदान प्रवेश गरेका थिए । खेलको अन्त्यतिर माथियस टेलले स्पर्सका लागि सान्त्वना गोल फर्काए ।
पराजयसँग स्पर्सका म्यानेजर एंगे पोस्टेकोग्लुमाथि दबाब बढेको छ । टोली बिहीबार काबाओ कपको सेमिफाइनलमा लिभरपुलसँग ४–० ले पराजित भएको थियो । स्पर्स हाल प्रिमियर लिगको १४ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?