दरबारमार्गको पैदल मार्गमा ग्रेनाइट राख्न सुरु
सोमबार, २८ माघ २०८१, १७ : ३६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि ग्रेनाइट लगाउने भएको छ । महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउने भएको हो ।
सो पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्मको हुने महानगरपालिकाले जनाएको छ । अहिले सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको र त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको महानगरपालिकाले जनाएको छ ।

त्यसभन्दा माथि पीसीसी ढलान र ग्रेनाइट बिछ्याइने जनाउँदै यो १६ एमएमसम्मको हुने महानगरपालिकाको भनाइ छ । आइतबार सो सडकको अनुगमन समितिले गुणस्तर निरीक्षण समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण