सहारा क्लबले उत्पादन गरेका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
सोमबार, २८ माघ २०८१, १९ : ००
पोखरा । पोखराको सहारा क्लबले उत्पादन गरेका ६ जना खेलाडी ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन् । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडी सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् ।
विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजमा हस्तान्तरण गरिएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । खेलाडीहरूले क्लबको नियमानुसार सुविधा पाउनेछन् । खेलाडीको उत्थानका लागि क्लबले एकेडेमीलाई थप २ लाख सहयोग गरेको छ ।
सहारा एकेडेमीमा हाल चौथो ब्याजका रूपमा ३० जना बालकहरू आश्रित छन् । उनीहरूको शिक्षा, दीक्षा र फुटबल प्रशिक्षण क्लबले उपलब्ध गराउँछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण