काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टको सूची सार्वजनिक गरिएको छ । उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो ।
जसमा वर्णानुक्रमअनुसार १० जनाको सर्ट लिस्ट आज सार्वजनिक गरिएको हो । उपकुलपति खोज तथा सिफारिस समितिले १० जनालाई सर्टलिष्टमा पारेको हो ।
सर्टलिष्टमा परेकाहरूको आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ। ती १० जनामध्ये ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ। र तीन जनामध्येबाट कुलपतिले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्।
सर्ट लिस्टमा पर्नेहरूमा हालका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राडा अच्युत वाग्ले, प्राडा कन्हैया झा, प्राडा जर्नादन लामिछाने, प्राडा बालचन्द्र लुइँटेल, प्राडा विभूति रञ्जन झा, प्राडा वेदमणि दाहाल, निवर्तमान उपकुलपति प्राडा भोला थापा, प्राडा राजेन्द्रप्रसाद कोजु, प्राडा श्यामनारायण लाभ र प्राडा सुबोध शर्मा रहेका छन् ।
उनीहरूको फागुन २ गते प्रस्तुतीकरण हुनेछ भने ३ गते अन्तर्वार्ता हुनेछ। समिति संयोजक प्राडा सुरेशराज शर्माका भान्जासहित २ जना नातेदारहरूले समेत आवेदन दिएमा थिए। आफ्नै भान्जाको आवेदन परेको भन्दै शर्माले समिति संयोजक पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको थियो।
त्यसका लागि सात जना आवेदनकर्ताहरूले कुलपति केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र नै बुझाएका थिए। तर, अहिले सर्टलिष्टमा उनका भान्जासहित नातेदार परेनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्ट एयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्द
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
असारको राशिफल : हेर्नुहोस् महिनाभरको आफ्नो भाग्य
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ