मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित

सोमबार, ०२ असार २०८२, ०९ : ५४
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए) को अध्यक्षमा अमर थापा चयन भएका छन् ।
  • निर्वाचनमा थापाको नेतृत्वमा ९९ सदस्यीय कमिटी चयन भएको छ ।
  • सङ्गठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल लगायतका पदाधिकारी निर्वाचित भए ।

काठमाडौँ । नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा  अमर थापा चयन भएका छन् । 

गएराति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिए । 

उनका अनुसार सङ्गठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन् । गत शनिबारदेखि पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप