इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ

समाचार सारांश
- इलामको चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख बढीको सुन र चाँदीका गहना सहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भारतका दुई नागरिक छन्, जो भारततर्फ जाँदै थिए।
- प्रहरीले १७ किलो चाँदी र ५ किलो सुनको जलप लगाएका गहना बरामद गरेको छ, थप अनुसन्धान भइरहेको छ।
इलाम । इलामको सुर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाइएका गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूमा भारतको हिमाञ्चल प्रदेश निवासी ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, पशुपतिनगरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागेपछि जाँच गर्दा झोलाभित्र १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाइएको गहना तथा विभिन्न प्रकारका माला फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गहना सुनचाँदी व्यवसायी संघ, बिर्तामोड झापा लगेर परीक्षण गर्दा जलप लगाएको पुष्टि भएको हो। पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा