इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ
सारांश
- इलामको चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख बढीको सुन र चाँदीका गहना सहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भारतका दुई नागरिक छन्, जो भारततर्फ जाँदै थिए।
- प्रहरीले १७ किलो चाँदी र ५ किलो सुनको जलप लगाएका गहना बरामद गरेको छ, थप अनुसन्धान भइरहेको छ।
इलाम । इलामको सुर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाइएका गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूमा भारतको हिमाञ्चल प्रदेश निवासी ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, पशुपतिनगरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागेपछि जाँच गर्दा झोलाभित्र १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाइएको गहना तथा विभिन्न प्रकारका माला फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गहना सुनचाँदी व्यवसायी संघ, बिर्तामोड झापा लगेर परीक्षण गर्दा जलप लगाएको पुष्टि भएको हो। पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण