पेट्राेलियम पदार्थ
बढ्यो पेट्रोल र डिजेलको मूल्य
आइतबार, ०१ असार २०८२, २१ : ०२
काठमाडौँ । नेपाल आयल निगमले साेमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार निगमले जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएकाे छ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम भाेलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल/मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण