स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
सारांश
- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा 'बायो स्याण्ड फिल्टर' वितरण गरिएको छ, जसले स्थानीयलाई स्वच्छ पानी उपभोग गर्न मद्दत गर्नेछ।
- मुहान दूषित भएका कारण दूषित पानी पिउन बाध्य भएका २६ घरका स्थानीयले अब प्रशोधित स्वच्छ पानी पिउन पाउनेछन्।
- नगरपालिकाको आर्थिक सहयोग र वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा 'एक घर, एक फिल्टर' अभियानअन्तर्गत फिल्टर वितरण गरिएको हो।
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भए पनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए ।
नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्ने गरी फिल्टर निःशुल्क वितरण गरिएको सो वडाका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिए । अब २६ घर सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी पिउन पाउने भएका छन् ।
गाउँभन्दा करिब ८०० मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपालिकासँग फिल्टर माग गरेका थिए ।खोलामा बगेको पानी अत्यन्तै दूषित पाइएकाले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजनाअनुसार फिल्टर वितरण गरिएको नगरप्रमुख विमला राईले बताए । उनले भने, “दूषित पानी उपभोगले स्थानीयलाई विभिन्न प्रकारका रोगहरूसमेत लाग्ने गरेको थियो । अब कम्तीमा पनि २० वर्ष शुद्ध पानी पिउन पाउने भएका छन् ।”
यहाँस्थित बाल विकास प्राथमिक विद्यालयमा पनि सोही फिल्टर प्रयोग गरेर पानी प्रशोधित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण