टर्कीले भन्यो - अहमदावादमा भएको विमान दुर्घटनासँग कुनै सम्बन्ध छैन
काठमाडौँ । अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको टर्कीले बताएको छ । दुर्घटनाग्रस्त एयर इन्डिया बोइङ ७८७–८ ड्रीमलाइनरको मर्मतसम्भारमा टर्की कम्पनीको नाम जोडिएको थियो ।
तर, अब टर्कीले यी दाबीहरूलाई अस्वीकार गरेको छ । दूर्घटनामा परेको विमान टर्किस प्राविधिकले मर्मत गरेको दाबीसहितका समाचार गलत भएको एक विज्ञप्तिमा टर्कीको सञ्चार निर्देशनालयको काउन्टरिङ डिसइन्फर्मेसन सेन्टरले भनेको छ ।
दुर्घटनाग्रस्त एयर इन्डिया यात्रुवाहक विमान बोइङ ७८७–८ को मर्मत टर्किस टेक्निकले गरेको दाबी पूरै झुटो भएको विभागले भनेको छ । टर्की र भारत सम्बन्धबारे जनताको रायलाई प्रभाव पार्ने उद्देश्यले यो झुटो खबर फैलाइएको बताइएको छ । अहमदावादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जान उडेको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।
जमिनमा खस्नुअघि यो विमान विमानस्थलको छेउमा रहेको मेघानी नगरमा रहेको बी.जे. मेडिकल कलेजको होस्टेलमा ठोक्कियो । यस दुर्घटनामा विमानमा रहेका यात्रुबाहेक मेडिकल विद्यार्थीहरू र डाक्टरको पनि ज्यान गयो ।
२०२४ र २०२५ मा एयर इन्डिया र टर्किस टेक्निकबिच बी७७७ वाइड बडी विमानको लागि मात्रै मर्मत सेवा सम्झौता भएको टर्कीको भनाइ छ । दुर्घटनामा परेको बोइङ ७८७–८ ड्रीमलाइनर यस सम्झौताको दायरा भित्र नपर्ने बताइएको छ । आजसम्म, टर्किस टेक्निकले एयर इन्डिया कुनै पनि बोइङ ७८७–८ ड्रीमलाइनर मर्मत नगरेको पनि विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण