‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’
सारांश
- सांसद माधव सापकोटाले तीन करोडभन्दा कमका आयोजना ढोकाबाट नभई झ्यालबाट गएको बताए।
- उनले पूर्वाधार विकास समिति र पत्रकार समाजको कार्यक्रममा बजेटमा ३ करोडभन्दा कमका आयोजना नराख्ने कुरा कार्यान्वयन नभएको बताए।
- सांसद सापकोटाले पूर्वाधार आयोजना आवश्यकताका आधारमा नभई राजनीतिक पहुँचको आधारमा छनोट हुने गरेको आरोप लगाए।
काठमाडौँ । सांसद माधव सापकोटाले तीन करोडभन्दा कमका आयोजना ढोकाबाट नगएर झ्यालबाट गएको बताए । उनले पूर्वाधार विकास समिति र पूर्वाधार पत्रकार समाजको संयुक्त आयोजनामा भएको नेपाल पूर्वाधार विकास र संसदीय निगरानी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
सरकारले आगामी बजेटमा ३ करोडभन्दा कमका आयोजना नराख्ने प्रयास थालनी गर्ने भने पनि पूर्ण रूपमा कार्यान्वयन नभएको बताए । ‘३ करोडभन्दा कमका आयोजना नराख्ने तर पुराना आयोजनालाई निरन्तरता दिने भन्ने व्यवस्थाबाट यस्ता आयोजना समेटिएको देखिन्छ,’ उनले भने, ‘भनेपछि ढोकाबाट गएन झ्यालबाट गयो ।'’
पूर्वाधारको आयोजना आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा हुने गरेको बताए । उनले भने, 'पोलिटिकल डिमान्ड हाबी भएको देखियो । छलफल भएर आयोजना कहाँ छनोट हुन्छ? हामी सांसदहरूलाई थाहा हुँदैन । अन्तिममा सम्बन्धित मन्त्री र मन्त्री निकटको मागअनुसार आयोजना समावेश हुने गरेको छ ।'
आवश्यकताका आधारमा आयाेजना छनोट गर्नुपर्नेमा त्यसो नभएको उनेको तर्क छ । ‘मेराे क्षेत्रको आयोजना बजेटमा समेटिएन । भौतिक मन्त्रालयमा सोध्दा अर्थ मन्त्रालयमा बुझ्नुस् भनियो । अघिल्ला वर्षमा भौतिक पूर्वाधार मन्त्रीसमक्ष यो आयोजना नछुटाइदिनु भन्न अर्थमन्त्री पुग्ने गरेको देखिन्थ्यो,’ उनले भने, ‘यो साल अर्थ मन्त्रालय हाबी भएको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण